पहाडमा पनि आजपाको ‘क्रेज’

रौतहट । प्रभु नेतृत्वको आम जनता पार्टीमा पछिल्लो समय बिभिन्न पार्टी परित्याग प्रवेश गर्नेको लर्काे लागेको छ । आजपाकाे केन्द्रीय कार्यालयमा काेटेश्वरमा आईतवार विभिन्न पार्टी परित्याग गरि करिब आधा दर्जन नेता कार्याकर्ता प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश कमिटीका सदस्य विभा साह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जिल्ला सदस्य सावित्री देवी चौधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महिला नेत्री देवकुमारी सेन्चुरी र जनमुक्ति सेनाका सरस्वती तामाङ रहेका छन् ।

पार्टी प्रवेश गर्दै जसपाका महिला नेतृ साहले भने जसपा पार्टीको जंगलराज र भ्रष्टाचारले मधेश प्रदेशलाई अपमानित, बदनाम र दुर्गन्धित बनाएको भन्दै निष्कर्ष निकाल्दै आजपामा प्रवेश गरेकाे बताइन् । दुई दिन अघि मात्रै बिभिन्न पार्टीका नेताहरुले आजपा प्रवेश गरेका थिए ।

सोसल डेमोक्रेटिभ पार्टीका पोलिटब्यूरो सदस्य तथा काठमाडौ–१० बाट सविधानसभा सदस्य प्रत्यासी कपिल थापा, राष्ट्रिय जनमुक्ति पार्टी भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा, कलाकार कपिल कुमार क्षेत्री र अखिल नेपाल होटेल क्यासिनो मजदुर संघका केन्द्रीय नेता अमर थापा मगर रामेछाप, ललितपुरको बामपन्थी नेता सूर्यमान महर्जन लगायतका नेताहरु आजपामा प्रवेश गरेका थिए ।

आजपा मधेस, पहाड देखी हिमालसम्म शसक्त रुपमा विस्तार भईरहेको भन्दै पछिल्लो समय आजपामा प्रवेश गर्नेको लहर चलेको आजपा केन्द्रीय सदस्य विजय यादव निर्विजले जनाएका छन् । नवप्रवेशीलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया