सरकारलाई ज्ञापनपत्र होइन, समाधान पत्र बुझाउछाँ : रवि लामिछाने

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन आइतबार बाट २१ ओटा योजनामा दबाब यात्रा सुरु गरी सरकारलाई ज्ञापनपत्र होइन, समाधान पत्र बुझाउने बताएका छन् ।

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको खुल्ला सभालाई सम्वोधन गर्दे रबिले यस्तो बताएका हुन् ।

अर्घाखाँची जिल्लाको वादर र वदेँलको समस्या सामाधानका लागि आफुहरु नजिक पुगेको भन्दैै त्यसका लागि बिज्ञहरुसंग छलफल भइरहेको उनले बताए । विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णय गरेको उनले बताए ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने उनको भनाइ छ । अभियान अन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने सभापती लामीछानेले बताए ।

लामीछानेले भने, पार्टी जहाँ बस्दा पनि हुन्छ तर भोट घण्टीलाई दिनुस, यो अभियान जनताको अबस्था, बदल्ले, भ्रष्टचार रहित समाज निमार्ण गर्ने अभियान हो, हामी यो निकै चुनौतीपुर्ण बाटोमा हिडेको छौँ, जनताको बलियो साथले अझ अगाडी बढ्न थप उर्जा मिलेको छ । हामी चौतर्फी रुपमा घेराबन्दी हुदै गर्दा पनि अगाडी बढेको छौ । अर्घाखाँची बासीले गरेको मायाँ कहिले भुलेको छैन् । यो माया र स्नेह ४ बर्षसम्म राख्नु हुनेछ, तपाईहरुलाई बिभिन्न दवावहरु आउन सक्छन मेरो भनाइलाई औषधीको रुपमा लिनुहोला ।’

उनले सम्बोधनका क्रममा भने, ‘अव दह्रो खुट्टा टेकेर अगाडी बढ्नु होला । बिभिन्न खालका भ्रमहरु खेलिएका छन् हामी जहाँ रहे पनि जस्तो अवस्थामा रहेपनि एउटा ब्यतिmलाई समाप्त गरेपनि घण्टी र पार्टीको अभियानलाई कसैले छेकेर छेक्दैन् । तपाईहरुलाई यो कार्यक्रममा आएबापत अनेक खालका दवाव आउन सक्छन् सवै खालका दवावलाई पार गर्दे अगाडी बढौँ, घण्टी अब आयो आयो, देश बिदेशमा रहनु भएका साथीहरुको भावना बुझेका छौ, अर्घाखाँचीको बिकासका लागि यो अभियानमा जोडेर जिल्ला बनाउने अभियानमा आउनुस पार्टीको झण्डा बोक्न पर्देन् ।’

आगामी निर्वाचनमा बहुमत मत दिन आग्रह गर्दै लामीछानेले हिजोका निर्वाचमा जस्तै आदा भोट एउटालाई, आधा भोट अर्कोलाई दिनु भो भने फेरी आधा बिकास र आधा भ्रष्टचार हुने लामीछानेले बताए ।

प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेतृ सुमना श्रेष्ठले अव हामीहरुलाई नयाँ यथास्थीमा रहन स्वीकार्य छैन् भन्दै अव सिंहदरवारका पुराना नेताले देश, जिल्ला र गाउँ बनाउन नसक्ने बताइन् । सासंद श्रेष्ठले भनिन, ‘राजनितिको परिभाषा वदलिएको छ, राजनीतीक शक्ती र नालनाताका लागि मात्र हो कि भन्ने भएको छ, अर्घाखाँची बनाउनका लागि सवै परिबर्तन कामी एक भयर उहाँको स्वास्थ्य समस्या र बिकासका एजेन्डा बोकेर अगाडी बढ्ने छु, हामीहरु अहिले जे पेशामा छौँ, त्यहा अब्वल भयर निस्कन जरुरी भएको उनले बताइन् ।

कार्यक्रमा लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, केन्दि«य सदस्य अर्जुन अधिकारी लगायतको उपस्थित रहेको थियो । रबि लामिछानेले अर्घाखाँची जिल्लाको सुपादेउराली, अर्घादरबार, मथुराको २० खुटेदरबार लगायतको दर्शन र अबलोकन समेत गरेका थिए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया