मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता : ठाकुर

जनकपुरधाम । मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष एवं महोत्तरी क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले बताएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका–१ मा लोसपा नेपाल मटिहानी नगरसमितिले शनिवार आयोजना गरेको ‘जनताका बीच जनप्रतिनिधि’ कार्यक्रममा उनले समृद्धि अभियानमा सबै दलको समान दायित्व हुनुपर्ने बताएका हुन् ।

एकले अर्कोतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्ने उनले बताए । नेता ठाकुरले संघीयतासहितको गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उच्चतम लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गर्दै अहिले तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना नरहेको ठाकुरले बताए ।

अविकसित देशको सूचीमा रहेको हाम्रो देश संघीयता आए पछि बिकसोउन्मुख देश तीर लागेकोले सबै मिलेर देशको विकास गर्न उनले सबैमा आग्रह समेत गरे । त्यसै क्रममा उनले प्रजातन्त्रमा प्रतिपक्षको भूमिका ठूलो हुने समेत बताए ।

मधेस प्रदेशका प्रदेश सदस्य रानी शर्मा तिवारीले वर्तमान राजनीतिक परिस्थिति बीच आफ्नो दल जिम्मेवारीबोधका साथ अघि बढेको बताइन् ।
बैठकमा प्रदेशसभा सदस्य रुपा यादव, मटिहानी नगरपालिकाका नगर प्रमुख एवं पार्टीका महासचिव हरिप्रसाद मंडललगायतको सहभागी थियो ।

प्रतिक्रिया