नागरिकको समस्या बुझ्न ‘समुदायमा कांग्रेस’ महामन्त्री थापा

वीरगञ्ज । नेपाली कांग्रेस पर्साले शनिबार समुदायमा कांग्रेस कार्यक्रम अन्तरगत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरुप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधान गर्न नेपाली कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताए । सुशील कोइरालाको पालामा लागुभएको सविधान शेरबहादुरको नेतृत्व हुँदौ लागू हुँदै आएको उनले बताए । यो अभियानले पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिन मद्दत पुग्ने उनले बताए ।
अहिले देशमा आर्थिक संकट रहेको तथा मधेस प्रदेशमा यसको असर बढि परेको उनले बताए । मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनतामा निराशा छाएको र त्यसलाई चिर्ने प्रयास कांग्रेसले गर्ने उनले प्रष्ट पारे । कुनै पनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउँदै नेपाली निर्माण व्यवसायी कतारमा काम गर्दा ६ महिना वर्ष दिन नवित्दै पूरा गर्छन्, तर, त्यही निर्माण व्यवसायी नेपालमा किन गर्न सक्दैनन भन्दै उनले प्रश्न गरे ।

सविधानसभा सदस्य अनिल रुङ्टाले यस अभियानमा समुदाय तहमा जनस्तरका समस्याबारे जानकारी लिएर समाधान गर्नेदेखि नेपाली कांग्रेसको नीतिअनुसार सुझाव संकलन गरी पार्टीलाई थप मजबुत बनाउने बताए  ।

त्यस्तै नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले समुदायमा पुगेर जनताका उपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ ले नेपाली कांग्रेसलाई थप मजबुत बनाउने बताए । स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिनका लागि यो अभियान निकै नै प्रभावकारी हुने उनले दाबी समेत गरे ।

शनिबार भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव एवम वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको सहयोगमा विभिन्न पार्टी परित्याग गरी १०० जना भन्दा बढीले नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्र नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रिय सदस्य एवम सांंसद अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्टा, केन्द्रिय सदस्य किरण यादव, अजय शिवकोटि, प्रदेशसभा सदस्य शंकर चौधरी, श्याम पटेल लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया