रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश ठूलो संकटतर्फ धकेलिएको बताएका छन् । नेकपा एमाले रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।
नेकपा एमाले सरकारले ल्याएका ठुल्ठूला योजनालाई अहिलेको गठबन्धन सरकारले हटाएको उनले आरोप लगाए । नेकपा एमाले रौतहटको १०औँ जिल्ला अधिवेशनको तयारी स्वरूप बिहीबार रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रतिनिधि परिषद्को भेला आयोजना गरिएको थियो । पोखरेले संघ सरकार र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकास गर्नुको सट्टा आफ्नो व्यक्तिगत विकास गर्नमा लिप्त रहेको दावी गरे ।
प्रतिक्रिया