वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको कामको समर्थनमा वीरगञ्जमा बिहीबार र्याली निकालिएको छ ।
वीरगञ्जका नागरिक समाजले स्वस्फूर्तरूपमा मेयर सिंहको समर्थन गरेका छन् । लालबंगला दरबारबाट निकालिएको र्याली घण्टाघर, माईस्थान, आदर्शनगर, अलखियामठ, घडीअर्वा हुँदै नगर परिक्रमा गरेको थियो । नगरपरिक्रमा पछि र्यालीले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
‘दलाल, भूमाफिया, विकास विरोधी होसियार,’ वैभवशाली वीरगञ्ज हाम्रो साझा सरोकार’ नारा लेखिएको ब्यानरसहित वीरगञ्जको वृहत्तर विकासको लागि निर्वाचित नेतृत्वलाई नागरिक समाजको ऐक्यबद्धता जनाएको हो । र्यालीमा सहभागीहरूले वीरगञ्जको शान, मेयर राजेशमान, चरित्र हत्या गर्न पाइँदैन, वीरगञ्जवासीको एउटै पुकार, अझै २० वर्ष राजेशमानको सरकार नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको थियो । मेयर सिंहलाई राजनीतिक रिसइबीका आधारमा विपक्षले झुठो नागरिकता मुद्दा लगाएको भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया