रौतहट । नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा मधेस प्रदेशबाट २३ जना सदस्य मनोनीत गरिएको छ । मधेस प्रदेशको सप्तरीबाट तीन जना, सिरहाबाट चार जना, सर्लाहीबाट दुई जना, धनुुषाबाट एक, महोत्तरीबाट दुई, रौतहटबाट तीन, बाराबाट पाँच र पर्साबाट तीन जना गरी जम्मा २३ जनालाई मनोनयन गरिएको हो ।
जसमा सप्तरीबाट वीरेन्द्र चौधरी, अशोककुमार चौधरी र दिनेश चौधरी रहेका छन् । सिरहाबाट मनोनीत हुनेहरूमा दुुर्गानन्द चौधरी, दीपक चौधरी, रामप्रसाद चौधरी र प्रमोद चौधरी रहेका छन् ।
त्यस्तै सर्लाहीबाट सुशील चौधरी, तेजनारायण चौधरी रहेका छन् भने, धनुुषाबाट अशोक कुमार चौधरी रहेका छन् ।
त्यसैगरी महोत्तरीबाट मनोनीत हुनेमा विनोद धामीथारू, राजनारायण सिं थारू रहेका छन् भने रौतहटबाट जितेन्द्र चौधरी, राजकशिोर चौधरी, पुनम चौधरी मनोनीत भएका छन् ।
बाराबाट मनोनीत हुनेमा सुुमित्रादेवी चौधरी, धीरेन्द्रप्रसाद दास थारू, रमनप्रसाद चौधरी, वीरेन्द्रप्रसाद चौधरी, कृष्णबाबु चौधरी छन् । पर्साबाट शैलेन्द्र चौधरी, मनोज दास थारू, मनोजा चौधरी रहेका छन् ।
नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्य समितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्य समितिमा ९८ जना सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया