रौतहट । रौतहटबाट करिब ६ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एक जनालाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा जिल्लाको परोहा नगरपालिका–८ का दिनेशप्रसाद कुशवाहा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रकुमार पाटा मगर नेतृत्वको टोलीले शनिबार ५ लाख ९४ हजार रुपैयाँसहित कुशवाहालाई पक्राउ गरेको हो ।
सिमावर्ती बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारततर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३ सय ४२ र पाँच सय दरका ५ सय ४ थानगरी कुल ५ लाख ९४ हजार रुपैयाँसहित कुशवाहा पक्राउ भएको इन्स्पेक्टर पाटा मगरले बताएका छन् ।
बरामद रुपैयाँ र मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया