सशस्त्र प्रहरी पर्साद्वारा रक्तदान

वीरगञ्ज । ‘२३औँ सशस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा सशस्त्र प्रहरी नं १३ गण पर्साको परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी वीरगञ्ज पर्साको विशेष सहयोगमा तथा सशस्त्र प्रहरी नं १३ गण पर्साको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।

सशस्त्र प्रहरी नं १३ गण पर्साका सशस्त्र प्रहरी उपरिक्षक किसन कर्माचार्यको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ५० जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेको थियो ।

प्रतिक्रिया