नेसनल मेडिकल कलेजमा अध्ययनरत दुई विद्यार्थीको दुर्घटनामा मृत्यु

पर्सा । वीरगञ्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत दुई जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी आइतबार मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज– १५ भिस्वाको जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको यामाहा कम्पनीको आर १५ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

मृतक दुवै जना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेको प्रवक्ता थापाले बताए । भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए । मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको उनले बताए ।

प्रतिक्रिया