पर्सा । जिल्लाका विभिन्न ठाउँमा श्रीराम जानकी मन्दिरमा श्रीरामसीता माता र श्रीहनुमानको प्राण प्रतिष्ठानको लागी आज कलश यात्रा निकालिएको छ । भारतको अयोध्यामा २२ जनवरी सोमवार श्रीराम ललाके नवनिर्मित मन्दिरको उद्घाटन र श्रीरामको प्राण प्रतिष्ठानको अवसरमा नेपालको पर्सामा कलश यात्रा निकालिएको हो ।
जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं ३ जयमंगलापुरमा रहेको नवनिर्मित श्रीराम जानकी मन्दिरमा श्री हनुमानतयको प्राण प्रतिष्ठानको लागि निसकेको कलश यात्राको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले उद्घाटन गरे ।
सो क्रममा उनले भने, ‘मित्र देश भारतको अयोध्यामा २२ जनवरीको श्री राम भगवान जीको नवनिर्मित मन्दिरको उद्घाटन एव श्रीराम ललाको प्राण प्रतिष्ठानको अवसरमा नेपाल भरि बिभिन स्थानहरुमा धुमधामको बिभिन कार्यक्रम गरि दिपावली मनाउन गाउँबासी हरुलाई आग्रह गरेका छौं ।’
साथै उनले प्रेस विज्ञप्ति निकाल्दै दुई दिनसम्म माछा, मासु र मदिरामा प्रतिबन्ध लगाएको बताएका छन् । सोही अवसरमा नवनिर्मित श्रीराम जानकी मन्दिरको प्राण प्रतिष्ठानमा भब्य सभ्यका साथ मनाउन गुप्ताले आग्रह समेत गरे ।
यसैगरि जिलाको सखुवाप्रसौनी गाउँपालिका वाड नं ४ देवरबाना गाउँमा श्रीराम जानकी र श्रीहनुमान जीको प्राण प्रतिष्ठानको लिएर आज कशल यात्रा निकालिएको छ । कलश यात्राको उद्घाटन गाउँपालिका अध्यक्ष जसवनत यादवले गरे । कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृत राजेशप्रसाद रौनियार, वडाध्यक्ष आरिफ मियाँ, समाजसेवी अर्जुन थारु, शिव आझैया सहभागीता रहेको थियो ।
त्यसैगरि जयमंगलापुरको कलश यात्रामा वडाअध्यक्ष दिपेन्द्र सिंह, पूर्व वडाध्यक्ष बिनोद साह, बिहारी साह, अनिल साह, शिक्षक मनोज पटेललगायत सयौँ महिला पुरुष कुमारी कन्याहरुको सहभगीता रहेको थियो । जयमंगलापुर बाट निस्केको कलश यात्रा भिस्वा हुँदै तुल्सिवर्वा भएर ओरिया खोलाबाट जलभरेर पुन्ह मन्दिर स्थलमा पुगेका थिए ।
पर्सा
प्रतिक्रिया