मोडल अनिता यादवद्वारा वृद्ध-वृद्धालाई कम्बल वितरण

सिरहा । धनुषामा चिसोबाट प्रभावित बृद्ध आमाबुवाहरुलाई कम्बल वितरण गरिएको छ । मिसेज द नेशन को ब्राण्ड एम्बेस्डर तथा मोडेल अनिता यादवले बृद्ध आमाबुवाहरुलाई कम्बल प्रदान गरेकी हुन् । शनिवारका दिन सबैला नगरपालिका-६ गोविन्दपुर टोलका ५० जना वृद्ध आमाबुबाहरुलाई अत्यधिक चिसोबाट बच्नका लागि मोडेल यादवले कम्बल वितरण गरेको जानकारी गराइन।

मोडल यादवले अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु लगायत वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका हुन्छन्, यसकारण अत्यधिक चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको बताइन् ।

यादव ‘मिसेज द नेशन को ब्राण्ड एम्बास्डर’ पनि हुन् । २०१८ मा भएको मिस नेपालमा सेकेण्ड रनर अपको उपाधि पाएकी उनी मोडलिङसँगै राजनीति तथा समाजिक कार्यमा पनि सक्रिय छन् ।

प्रतिक्रिया