पालिका अध्यक्ष यादवमाथि आक्रमणमा प्रयोग भएको गाडीसहित एक जना पक्राउ

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरिनया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि सांघातिक आक्रमणमा प्रयोग भएको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको बेंगासिहपुरबाट प्रहरीले मधेस प्रदेस ०२ ००१च १०४७ नम्बरको गाडी र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जन आवाले जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट जिरोमाइलस्थित आप्नो निवास फर्कने क्रममा अध्यक्ष यादवमाथि बिहीबार राति करिब १ बजे आक्रमण भएको थियो । प्रदेस ०२ ००१च १०४७ नम्बरको स्कोर्पियो चढेर ८÷१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले तपसी चोकमा आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले जानकारी दिएका थिए ।

आक्रमणमा परी घाइते भएका यादवलाई भेट्न आजै नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि उनको निवास पुगेका थिए । गाउँपालिकाका अध्यक्ष यादवमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निधिको माग गरेका छन ।

प्रतिक्रिया