वारा । नेपाल लेखापढी कानून व्यवसायीले शपथ लिएका छन् । शुक्रबार (आज) बारा एसोसिएसन एकाई समितिको एक कार्यक्रमबीच शपथ ग्रहण सम्पन्न भएको हो ।
निर्वाचन अधिकृत तथा वरिष्ठ कानूनविद् शिवनाथ प्रसाद यादवको अध्यक्षता सप्पन्न उक्त कार्यक्रममा सहायक निर्वाचन अधिकृत माधव तिमिल्सिना, नेपाल लेखापढी कानून व्यवसायी मधेस प्रदेश सदस्य जितनारायाण प्रसाद पटेल, नेपाल लेखापढी कानून, व्यवसायी जिल्ला समन्वय समिति अध्यक्ष पन्नालाल कुशवहा, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिका सचिव अनिल कुमार गौरव, वरिष्ठ कानूनविद् घनश्याम प्रसाद साह लगायतकाले उनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शिवनाथ प्रसाद यादवले निर्वाचित सदस्यहरूको पद तथा गोपनियताको शपथ गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सहायक निर्वाचन अधिकृत सञ्जय केशरीले गरेका थिए भने कार्यक्रम सञ्चालन अरबिन्द मिश्रले गरेका थिए ।
प्रतिक्रिया