वारा । जिल्लाको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहलाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिकाका नगरप्रमुख साहलाई फोनबाट धम्की दिने एक अज्ञात व्यक्तिलाई वारा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका महुवन बस्ने ३६ वर्षीय भोला गिरी रहेको जिल्ला प्रहरी कार्यलाय वाराले जनाएको छ । नगरप्रमुख साहलाई पटक–पटक फोनमा धम्की दिन थालेपछि नगरप्रमुख जिल्ला प्रहरी कार्यालय वारामा जानकारी गराएका थिए ।
प्रहरीलाई जानकारी गराएपछि प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका गिरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय वाराले जनाएको छ ।
प्रतिक्रिया