लालबन्दी । सर्लाहीको हरिपुरमा माघि महोत्सव सुरु भएको छ । थारु क्ला संस्कृति आयोजना समिति हरिपुर–७ पचगछिया र थारू कल्याणकारिणी सभा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो ।
४ गतेसम्म चल्ने छैठौँ तिला संक्रान्ती माघी महोत्सव संविधानसभा सदस्य रामचन्द्र कुशवाह, संविधानसभा सदस्य रञ्जना सरकार, थारू क्ला संस्कृति आयोजना समितिका अध्यक्ष अर्बिन चौधरी, नगरप्रमुख गोपाल पंजियार लगायतको उपस्थितिमा उद्घाटन गरे । महोत्सवमा थारू कला, संस्कृतिको प्रदर्शन, भेषभुषाको प्रदर्शन, थारू परिकारको स्वाद, थारू राष्ट्रिय कलाकारहरूको प्रस्तुति लगायतका कार्यक्रमहरू रहेको आयोजकले जनाएको छ ।
महोत्सवको सहआयोजकमा घरेलु तथा साना उद्योग मलंगवा, संरक्षकमा हरिपुर नगरपालिका र वडा–७ को वडा कार्यालय रहेको छ भने महोत्सवलाई द सनराइज युवा क्लब हरिपुर–७ र थारू कल्याणकारीणिसभा गाउँ एकाई कमिटी हरिपुर–७ को सहयोग रहेको छ । महोत्सवमा प्रस्तुति दिएर प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः २०, १५ र १० हजार पुरस्कार र पदकको व्यवस्थासमेत रहेको छ ।
सर्लाही
प्रतिक्रिया