समृद्व, सुन्दर वडा बनाउन शिक्षा र कृषिमा जोड : कोइराला

कृष्णाप्रसाद कोइराला र मिथिला कोइरालाका जेठा सन्तानका रुपमा २०३८ सालमा जन्मिएका प्रकाश कोइराला कर्जन्हा नगरपालिका–३ को परिचित नाम हो । अध्ययन पश्चात् राजनीतिमा होमिएका कोइराला २०७९ को स्थानीय तहको निर्वाचनमा कर्जन्हा नगरपालिका– ३ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित भए । उनी स्थानीय तहको निर्वाचनदेखि दोस्रो कार्यकालको लागि एमाले जिल्ला कार्यसमिति सदस्य पनि छन् । समाजका लागि केही गरौँ भन्ने भावना भएकोले राजनतिमा लागेको बताउने कोइरालासँग सौर्य दैनिकका लागि राजेन्द्र महतोले गरेको सम्वादको सम्पादित अंश:

प्रकाश कोइराला , वडाध्यक्षकर्जन्हा नगरपालिका– ३

आफ्नो वडालाई समृद्ध र सुन्दर बनाउन के कस्ता कार्यलाई प्राथमिकता दिनुभएको छ ?

–कर्जन्हा नगरपालिका –३ लाई समृद्व र सुन्दर वडा बनाउनको लागि भौतिक विकासको भन्दा पनि शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिएको छु ।

शिक्षा क्षेत्रमा के कस्ता काम गरिराख्नु भएको छ ?

–यस वडामा रहेको जनता आधारभूत विद्यालय खैराटोलमा बालविकास कक्षा सञ्चालन भइरहेको छ । त्यहा अंग्रेजी माध्यममा पढ़ाई हुनुका साथै आधुनिक प्रविधिबाट डिजिटल पठन पाठन पनि शुभारम्भ भइ सकेको छ । जसले सडक काटेर विद्यालय जाँदा दुर्घटना हुन्छ भन्ने डरले विद्यालय जानबाट वञ्चित समुदायका वच्चालाई निक्कै सहज भएको छ ।

कृषिमा अधारित जनताका लागि कस्तो योजना बनाउनु भएको छ ?

–कृषिसडक, बिउँ–विजन एवं कृषिजन्य उपकरणमा अनुदान किसान कार्ड वितरण जस्ता नविणतम् प्रयोग वडाको बजेट बाटै सुरुवात गरेका छौ, झण्डै छ सय किसानलाई किसान कार्ड वितरण भएको छ । यस वडामा ६ वटा कृषक समूह एवं एउटा वडास्तरीय कृषक आपन तथा अनुगमन उपसमितिको चयन गरिएको छ जुन समितिको सिफारिस या सल्लाहमा कृषि क्षेत्रको योजना तर्जुमा गरिन्छ ।

कृषि क्षेत्रमा के कति रकम छुट्याउनु भएको छ ?

–आ.व ०८०/८१ मा १७ लाख पच्चिस हजार कृषि क्षेत्रमा छुट्याइएको छ । १० लाख वडाभरी कृषि सडक खोल्न र सात लाख पच्चिस हजार बिउ विजन एवं कृषिजन्य उपकरणमा अनुदान भनेर बिनियोजन गरिएको छ । १२.५ टन गहुँको बिउँ भण्डै चार सय जना किसानहरुलाई बितरण गरिएको एवं १० एचपि को मिनि टिलर तीन वटा कृषक समुहलाई बितरण गरिने पोजना रहेको छ ।

अन्य के कस्ता कार्य भएको छ ?

–यसको अलावा विपत्र आवास अन्तर्गत ५ जना विपन्नलाई घर निर्माण, ४ घरधुरीलाई फुसको छानो विस्थापित गरी जस्ताको छानो निर्माण, ६ जना तरकारी खेती गर्ने किसानलाई स्पालो ट्यूवेल प्रदान, जेष्ठ नागरिक योगपार्क (निर्माणको क्रममा), १५ शैयाको अस्पतालको लागि जग्गा प्रापीको प्रक्रिया समाप्ती कोल्ड स्टोरको सिलान्यास झण्डे २ किमि कृषि सड़क निर्माण र १ किमि. आरसिसि ढलान, कार्यालयको भवन निर्माणजस्ता कार्य गरी योजना सम्पन्न गरेका छौं ।

निर्वाचित भएकोदेखि अहिलेसम्मको अनुभव के कस्ता रह्यो ?

–वडाध्यक्षको जिम्मेवारी लिएर पुरै वडाको प्रतिनिधि गर्नु सानो कुरा होइन् । यो एकदमै चुनौतिपूर्ण र कठिन कार्य हो । पुरै वडालाई मिलाएर एकताको सुत्रमा बाधेर अघि बढ्नु पर्छ । तर, मलाई वडाको जिम्मेवारी बहन गर्न लायक सम्झेर यो जिम्मेवारी सुम्पिएका छन् । म यसलाई पूर्ण रुपमा पुरा गर्न लागि परिरहने छु ।

आफूलाई मत दिएर जिताउने मतदातालाई के भन्नुहुन्छ ?

–मलाई आफ्नो अमूल्य मत दिएर विजय बनाउने सम्पूर्ण वडाबासीलाई वहाहरुको मत खेर जान दिन्न भन्न चाहान्छु । हरेकको साथ सबैको विकासको नारालाई आत्मसाथ गर्दै अघि बढिरहेको छु ।

अन्तमा वडाको विकास बारे केही भन्नु छ ?

–भौतिक विकास त अनन्त कालसम्म चलिरहन्छ । यदि समृद्धिको परिकल्पना गरिन्छ भने शिक्षा र कृषिमा ठूलो लगानीको विकल्प छैन । यो वडा भौतिक विकासमा पहिलेको जनप्रतिनिधिद्वारा पनि उत्कृष्ट नै काम भएको थियो । त्यसलाई निरन्तरता दिदै थप शिक्षा र कृषिमा लगानी सुरु गर्दा गर्दै पाएको सफलताले आफू निकै उत्साहित भएको छु । आगामी दिनमा आधुनिक तरिकाले र कम लागतमा कसरी ज्याद उत्पादन गर्न सकिने प्रविधि जिरो टिलेज सिचाँईको अभाव स्थलहरुमा हराइरहेको इनार खन्ने सबै किसानको खेत–खेतमा बाटो पुर्याएर विद्युतको पहुँच पुर्याउन सके आफ्नो कृषिमय कार्यकाल सफल हुने छ ।

प्रतिक्रिया