अंग्रेजी नयाँ वर्षमा मौलापुर पिकनिक पार्कमा घुइँचो

रौतहट । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन मौलापुर पिकनिक पार्कमा पिकनिक गर्नेहरुको घुइँचो लागेको छ । जिल्लाको मौलापुर नगरपालिकास्थित मौलापुरमा रहेको मौलापुर पिकनिक पार्क पछ्रिल्लो समय पिकनिकको लागि प्रशिद्ध ठाउँको रुपमा परिचित हुँदै गएको छ ।

चाडपर्वहरुमा यहाँ चहलपहल बढी देखिन्छ । पहिला–पहिला गाउँ छाडेर बाहिर गइ पिकनिक मनाउने गर्ने गरिन्थ्यो । तर ग्रामीण भेगमा नै सुविधासम्पन्न पिकनिक पार्क सञ्चालनमा आएदेखि अहिले टाढा–टाढा बाट मानिसहरु मौलापुर पिकनिक पार्कमा आएर पिकनिक गर्ने गरेका छन् ।

पिकनिक गर्नका लागि यहाँ छिमेकी जिल्ला बारा, पर्सासहित अन्य जिल्लाबाट आउने गरेका छन् । दैनिकजसो त्यहाँ सयौँ पर्यटकले भरिभराउ देखिन्छन् । आज नयाँ वर्ष भएकोले पिकनिक गर्नेहरु बढी देखिएका थिए ।
रौतहटलगायत मधेश प्रदेशको अन्य जिल्लाका मानिसहरुको लागि मौलापुर पिकनिक पार्क आकर्षकको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।

पूर्वमन्त्री प्रभु साहको गृह नगर मौलापुरमा उनकै पहलमा वि. स. २०७७ मा पार्क सञ्चालनमा आएको थियो । तत्पश्चात् यो ठाउँ विस्तारै सबैको रोजाइमा पर्न थालेको हो । रौतहटको प्रसिद्ध पार्कको रुपमा रहेको सो ठाउँमा चाडपर्व, विवाह, व्रतबन्ध, पिकनिक र घुमफिर गर्ने मानिसहरुको लागि थलो बनेको छ ।

पार्क सञ्चालनमा आएपछि कयौँले रोजगारी पनि पाएका छन् । यता जिल्ला प्रशिद्ध पर्यटकीयस्थाल नुनथरमा पनि अंग्रेजी नयाँ वर्षको अवसरमा पिकनिक गर्नेहरुको घुँइचो लागेको देखिएको छ । पर्यटकहरुले सो ठाउँ भरिभराउ भएको हो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया