रौतहट । रौतहटमा भन्सार छलीको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका– ३ बस्ने महिन्द्र चौधरीका छोरा ४० वर्षीय हरिन्द्र चौधरी रहेका छन् ।
आइतबारको करिब १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले राजपुर नगरपालिका– १ स्थित भातरबाट अवैधरुपमा भन्सार छलेर ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा चौधरीले अवैधरुपमा भारतबाट भन्सार छलेर नेपालतर्फ भित्रयाएको सामानहरू रहेको थियो । सो सामानहरू अन्दाजी मूल्य एक लाख ९ सय ४० रुपैयाँ वराबरको किराना लत्ताकपडा र प्याज रहेको छ ।
सो सामानसहित चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साथै प्रहरीले कटहरिया नगरपालिका– ४ बाट पनि भन्सार छलीको सामान बरामद गरेको ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया