खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु

काभ्रे । खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेको समयमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिका– ६ इतोल घर भई हाल भुम्लु गाउँपालिका– १० दोलालघाटस्थित व्यापार गरी बस्ने बुद्धराम खड्गीको छोरी ५ वर्षीया रोजिना खड्गीको खेल्ने क्रममा इन्द्रावती पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको पानि जमेको पोखरीमा डुबेर अचेत अवस्थामा छ भन्ने स्थानीयको खबर पाएपछि प्रहरी चौकी दोलालघाटको टोली खटिएको र बालिकालाई उद्धार गरी धुलिखेल अस्पताल पठाएकोमा अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया