वीरगञ्ज । पर्सा जिल्लास्थित विन्दवासिनी गाउँपालिकामा नेपाल विद्यार्थी संघको ५१ सदस्यीय पालिका स्तरीय कार्यसमिति गठन भएको छ । नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्षता तथा नेपाली कांग्रेस विन्दवासिनी गाउँपालिकाका अध्यक्ष विवेक चौरसियाको प्रमुख अतिथि रहेकाे कार्यक्रमबाट बिकास पटेलकाे अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरिएकाे हाे ।
जसको उपाध्यक्षमा राजु सहनी, मुना चौरसिया, आशिष रजक, राजन अग्रहरी, सत्यम चौरसिया, उपेन्द्र साह कानु सत्रोधन राम सचिवमा धिरज चौरसिया, राजेश मुखिया कोषाध्यक्षमा बबली चौरसिया र सहसचिवमा लालबाबु चौरसिया रहेका छन् । त्यस्तै सदस्यहरूमा नितेस पटेल, अनिल चौरसिया, रुपेस चौरसिया, संजिव कुमार राम, सनि कलवार बिकाउ शर्मा, निमलेस साह कानु, संदिप राम, शिवम कुमार कानु, सानु दास तत्वा सदस्यहरु प्रियान्सु कुमार चौरसिया, दिपेश साह, ओमप्रकाश कुमार राम, प्रबिन साह,विकेस कुमार साह, उपेन्द्र कानु, आशिस कलवार, रामबिनय कुमार चौरसिया लगायतका रहेका छन् ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ पर्साका जिल्ला अध्यक्ष इन्जिनियर रमेशकुमार यादव, महाधिवेशन प्रतिनिधि उमेशकुमार चौरसिया, वडाध्यक्ष मुक्ति कुर्मी, वडाध्यक्ष जयप्रकास चौरसिया, वडाध्यक्ष अनुज चौरसिया, वडाध्यक्ष राजेश चौरसिया नगर उपसभापती सन्तोष चौरसिया, नगर सचिव सत्य नारायण ओझा ,बुथ सभापति प्रभु चौहान, बुथ सभापति, युवा नेता वाल्मीकि यादव, नेबिसंघ जिल्ला उपाध्यक्ष विटु पटेल, विक्रम पटेल,सह सचिव लक्ष्मण मण्डल, क्रिस पटेल, कारण चौरसिया, नरेन्द्र साह, प्रबेज गद्दीलगायत पालिकाका नेता, युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया