महोत्तरी । महोत्तरी प्रहरीले दुई विघामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । एकडारा पालिका–५ बहेरामा दुई विघामा लगाइएको अवैध गाँजा खेती बिहीवार प्रहरीले नष्ट गरेको हो ।
दुई विघा जग्गामा लगाइएको अन्दाजी ४० हजार गाँजाको बोट फडानी गरी स्थानीय भरभलादमीको उपस्थितिमा नष्ट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । गाँजा खेती कस-कसले गरेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।
महाेत्तरी
प्रतिक्रिया