सिराहा । सिराहामा प्रहरीले जबर्जस्ती करणीविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप प्रहरी चौकी ठाडी सिराहाले जिल्लाको भगवानपुर गाउँपालिका–५ स्थित श्री हनुमान शरदा माध्यमिक विद्यालय इनर्वामा जबर्जस्ती करणीविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको हो ।
विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा सम्पन्न भएको ‘प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम’मा प्रहरी चौकी ठाडी सिरहाका प्रहरी नायव निरीक्षक तथा प्रहरी कर्मचारीहरु, विद्यालयका शिक्षक–शिक्षिका तथा छात्र–छात्राहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया