सिराहा । पछिल्लो समय सिराहा प्रहरीले लागुऔषध नियन्त्रणका लागि सक्रियता देखाएको छ । जिल्लाको मिर्चैया नगरपालिका बस पार्कबाट लागुऔषधसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्राम पञ्चायत पिपराही लदनिया बस्ने वर्ष २४ का साहिद अहमद रहेका छ्न् । इलाका प्रहरी कार्यालय सिराहाबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा अहमदले राजनिवासको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा लागुऔषध DIAZEPAM INJECTION I.P 2ML लेखिएको एम्पुल थान ६, ABBOTT ( PHENERGAN )2ML लेखिएको एम्पुल थान ६, BUPRENORPHINE INJECTION लेखिएको एम्पुल थान ६, Nitravete-10 लेखिएको ट्याबलेट ८६ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अहमदलाई सिराहा जिल्ला अदालतबाट १५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय मिर्चैया सिराहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रतिक्रिया