महोत्तरीको उत्तरी भेगमा जंगली हात्ती आतंक

महोत्तरी । विगत केही समय यता महोत्तरी जिल्लाको उत्तरी भेगको गाउँ बस्तीमा जंगली हात्ती आतंक ह्वात्तै बढेको छ ।

जंगली हात्ती गाउँ पसेर स्थानीय बासिन्दाले खेतबारीमा लगाएको तरकारी तथा अन्नबाली नष्ट गर्नुका साथै घरहरुमा समेत क्षति पुर्याएको स्थानीयबसीको गुनासो छ । यसै क्रममा हात्तीको आक्रमणबाट रामनगरको जंगलमा एक जना घाइते भएका छन् ।

दाउरा लिन जंगल गएका गौशला नगरपालिका– १ रामनगरका ३६ वर्षीय मुन्ने सेखमाथि जंगली हात्तीले आक्रमण गरेको हो । जंगल क्षेत्रमा दाउरा बटुलेर बुधबार साँझ घर फर्कन लागेका सेखलाई पछाडिबाट आएका हात्तीको जोडीले आक्रमण गरी घाइते बनाएको हो ।

हात्तीको आक्रमणमा परी सेखको बायाँ तिघ्रा, पेटलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया