सशस्त्र प्रहरी पर्साद्वारा लाखौँ मूल्यको कपडा बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले कपडा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका– २४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखिएको कपडा विशेष सुराकीको आधारमा नं. १३ गण पर्सा र वीरगञ्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले कपडा बरामद गरेको हो ।

बरामद कपडा मूल्य कबि ५,८३,४५० पाच ५० लाख ८३ हजार ४५० रुपैयाँ बराबरको रहेको र आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया