८औँ चन्द्रौटा महोत्सवको आयोजना हुँदै

कपिलवस्तु । ८औँ चन्द्रौटा महोत्सवको आयोजना हुँदैछ । यही पुस १३ गतेदेखि हुन लागेको ८औँ चन्द्रौटा महोत्सवको तयारी तीव्र पारिएको छ ।

बुधबार महोत्सव प्रांगणमा भएको पत्रकार सम्मेलनमा महोत्सवलाई भब्यरुपमा सफल पार्नको लागि तयारी तीव्र पारिएको आयोजक संस्था चन्द्रोटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समिति संयोजक इश्वरीप्रसाद पाण्डेले बताए । बुधबारसम्म करिब ९५ प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ ।

‘विकासको पूर्वाधार, आन्तरिक उत्पादन र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अहिले करिब एक लाख दर्शकहरुको उपस्थिति गराई करिब ५ करोडको आर्थिक कारेवार हुने लक्ष्य रहेको संयोजक पाण्डेले बताए ।

उनका अनुसार महोत्सव प्रवेश शुल्क विद्यार्थीहरुको लागि ५० र अन्य सर्वसाधारणहरुको लागि ८० रुपैयाँ कायम गरिएकोछ । त्यसबाहेक क र ख वर्गका अपांग र ७५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई प्रवेश शुल्क नलाग्ने पनि उनले बताए ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राण) ले गर्ने पनि उनले बताए । महोत्सवमा हरेक दिन १–१ राष्ट्रिय कलाकारलाई बोलाउने र स्थानीय कलाकारहरुलाई विशेष प्राथमिकता दिने उनले बताए ।

महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रदर्शनी तथा कृषि र पर्यटनको प्रर्द्धनका लागि विभिन्न स्टलहरु महोत्सव स्थलनमा राखिने जनाइएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि प्रदर्शनीका स्टलहरुलाई निःशुल्क गरिने पनि उनले बताए ।

महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग विणिज्य महासंघका केन्द्रिय सदस्य जमसेर अली मियाको प्रमुख आतिथ्यतामा सुरु भएको हो । कार्यक्रमा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अकोराब लुम्बिनि प्रदेश अध्यक्ष राजु खराललगायतले मेला सफल बनाउन सञ्चार क्षेत्रको उल्लेखनीय भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया