विवाह पञ्चमीको अवसरमा सिराहामा गोरु दौड प्रतियोगिता

सिराहा । विवाह पञ्चमीको अवसरमा आईतवार सिरहामा गोरुदौड प्रतियोगिता भएको छ । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका -५ स्थित इटहर्वा बलान नदीमा गोरुदौड प्रतियोगिता भएको हो ।बलान नदीमा वर्षेनी गोरुदौड प्रतियोगिताको आयोगना गरिन्छ । प्रतियोगितामा सिराहा, सप्तरीका दर्जनौं प्रतियोगीहरु गोरु बैलगाडी लिएर सहभागी भएको थियो ।

प्रतियोगीतामा सखुवानन्कारकट्टी गाउँपालिकाकी उपप्रमुख निलम यादवको प्रमुख आतिथ्य तथा शसस्त्रका वेश क्याम्प ठाडीका डिएसपी दुर्गाप्रसाद भट्ट, ईलाका प्रहरी कार्यलय लहानका डिएसपी भोलाप्रसाद भट्टसहितको सुरक्षा टोलीको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सप्तरी बलान बिहुल गाउँपालिका-४ बेलहीका शिवनारायण यादवको गोरु (बैल) प्रथम भएको छ । सिरहा सखुवानन्कारकट्टी -५ का रमानन्द कुस्यैतकका गोरु दोस्रो र सप्तरी बोदेबर्साईनका महेन्द्र यादवको गोरु तेस्रो स्थान ल्याउन सफल भएकाे छ ।

प्रथम जित हासिल गरेकालाई २ तोला चाँदी, १ थान बाल्टी १ बोरा खली २ थान घुघुरसहित गोरु धनीलाई गम्छाले सम्मानित गरेको छ । त्यस्तै दोस्रो जित हासिल गरेकालाई १ तोला चाँदी, १ थान बाल्टी १ बोरा खली २ थान घुघुर र गोरु धनीलाई गम्छा तथा तेस्रो पुरस्कार १ थान बाल्टी १ बोरा खली २ थान घुघुर एव गोरु धनीलाइ गम्छाले सम्मानित गरेको मेला आयोजकले जनाएको छ ।

प्रतिक्रिया