वीरगञ्ज । सशस्त्र प्रहरीद्वारा ५ किलाे लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ । पर्सा जिल्लाकाे छिपहरमाई गाउँपालिका– ४ स्थित बन्जारी पोखरीया भिष्वा सडक खण्डबाट ५ किलाे लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल १३ गणअन्तर्गत सशस्त्र प्रहरी बल,नेपाल बिओपी भिष्वाको चेक प्वाईन्ट टोलीलाई देख्नासाथ पोखरियाबाट भिष्वातर्फ आउँदै गरेको ईन्जिन नं. 07H15E19033, च्यासिस नं. 07H16F20878 भएको JP32CD5560 नम्बरको कालो रङको HERO HONDA SPLENDOR भारतीय मोटर साईकल छाडी व्यक्ति भागि भागेको थियो ।
उक्त मोटरसाइकल लाइ चेकजाँच गर्दा सिटमुनि लुकाई छिपाई राखेको ५ किलाे प्रतिबन्धित लागुऔषध गाँजा पाइएको सशस्त्र प्रहरी बल १३ गणका प्रवक्ता तथा सुचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए । साथै ५ किलाे प्रतिबन्धित लागुऔषध गाँजा र मोटरससइकल सहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी बल १३ गणका प्रवक्ता तथा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया