वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा ४० वर्षदेखि अल्पत्र रहेको नगर विकासको काम आजदेखि सूचारू भयको छ।
आज एक कार्यक्रमको बिच पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन प्रसाद चौहानले पूजापाठ गरी सिमानाको पिलर गाड़ी रिबन काटेर कार्यलाई सूचारू गर्नको लागि उद्घाटन गरेका हुन् ।
४० वर्षदेखि अल्पत्र रहेको नगर विकासको काम सूचारू भएपश्चा्त पोखरिया नगरपालिकाका नगरबासीहरुको नगर विकासमा परेको जग्गा धनीहरु हर्षित भएका छन् ।
उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन प्रसाद चौहान, पोखरिया नगरपालिका– ४ का वडाध्यक्ष लक्ष्मण साह कानू, नगर विकास जग्गा एकीकरण समिति पोखरियाका कार्यकारी अध्यक्ष राजुबाबु गिरी, नगर विकास कार्यालय पोखरियाको शाखा प्रमुख हरिनारायण मिश्रा, इन्जिनियर सुमित यादव, गोवर्धन यादव, जयनारायण गिरी, शिक्षक पारस ठाकुर, मनोज प्रसाद कुर्मी, सम्भु प्रसाद श्रीवास्तव, नगर विकास जगा एकीकरण समिति पोखरियाको पदाधिकारी र नगर विकास शाखा कार्यालय पोखरिया तथा नगरपालिकाका कर्मचारी, नगर प्रहरी र जग्गा धनीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया