रौतहटको पथरामा आगलागी : भैँसी र बाख्रासहित धनमाल जलेर लाखौँको क्षति

मधेस । रौतहटको मौलापुर नगरपालिका– ६ स्थित एक घरमा गएराति आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा परेर घरभित्र रहेको १ वटा भैँसी र ४ वटा बाख्रा जलेर नष्ट भएका छन् ।

मौलापुर ६ पथरा बुधराम टोलका त्रिभुवन दास तत्माको दुई वटा फुसको घरमा बिहीबार करिब राति १० बजे लामखुट्टे धपाउनको लागि बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको हो ।

आगलागीबाट भैँसीसहित घरमा रहेको अन्नपात, लत्ता कपडा र घरसमेत पूर्णरुपमा जलेर २ लाख ५० हजार बराबरको क्षति भएको स्थानीय राकेश ठाकुरले बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया