वीरगञ्ज । मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औँ बाहिनी सशस्त्र सीमा बल रक्सौलका प्रहरी निरिक्षक मनोज कुमार शर्माले बिहारको बेतिया क्षेत्रमा अवैध आर्केस्ट्रामा छापा मारेका छन् ।
उनले जगदीशपुर थाना क्षेत्रको केठिया गाउँमा सञ्चालित अर्केस्ट्राबाट तीन बालिकाको उद्धार गरका छन् । उद्धार कार्यमा मिशन मुक्ति फाउन्डेसन, रेस्क्यू फाउन्डेसन (दिल्ली), प्रयास किशोर सहायता केन्द्र, बाल सहायता रेखा उद्धारा तथा राहत प्रतिष्ठान (पश्चिम बंगाल), जगदीशपुर पुलिस स्टेशन, महिला प्रहरी स्टेशन बेतियाले पनि सहयोग गरेका थिए ।
एसएसबी एएचटीयू एरिया हेडक्वार्टर बेतिया कार्यालय ४७औँ कोर रक्सौलका प्रहरी निरिक्षक मनोजकुमार शर्माले मानव बेचबिखन र आर्केस्ट्रामा नाबालिकाको शोषण रोक्न एनसीपीसीआर नयाँ दिल्लीसँगको सहकार्यमा ‘निर्भया सुरक्षा’नामबाट अभियान चलाइएको प्रहरी निरिक्षक शर्माले बताए ।
काउन्सिलिङका क्रममा पीडितले आफू बंगालका बासिन्दा भएको बताए । आर्केस्ट्रामा छापा मार्दा कसैले यी तीन युवतीलाई भाग्न भने पछि केटीहरू खेतमा दौडिन थालेपछि ४७औँ गण एसएसबी रक्सौलका महिला हवल्दार र प्रहरीले दौडिएर समातेका थिए ।
त्यसपछि किशोरीहरूलाई काउन्सिलिङका लागि प्रहरी चौकीमा ल्याएका थिए । पीडित तीनै बालिकाको स्वास्थ्य परीक्षणपछि उनीहरुलाई आश्रय गृहमा पठाइएको छ ।
उक्त उद्धार टोलीमा एसएसबी एएचटीयू एरिया हेडक्वार्टर बेतिया कार्यालय ४७औँ कोर रक्सौलका प्रहरी निरिक्षक मनोजकुमार शर्मासहित सहायक एसआई अनिल शर्मा, हवल्दार बिजेन्द्र लाल, हवल्दार अरुणकुमार, उद्धार फाउन्डेसनका अक्षय पाण्डे, अक्षय पाण्डे अनुसन्धान अधिकारी पवन कुमार, अमित कुमार, प्रार्थना किशोरबाट अनुप्रिया विलियम, आलोक कुमार, चाइल्ड लाइन बेतियाका हेमन्त यादव जगदीशपुर थानाबाट प्रहरी निरिक्षक राजु कुमार मिश्रलगायतको सहयोग रहेको थियो ।
प्रतिक्रिया