बारा । मंगलबार राती बाराको जीतपुरमा दुई वटा पसलमा चोरी भएको छ । जीतपुरस्थित उमेश प्रसादको जुत्ता चप्पल पसल र शेषनाथ साहको घडी पसलबाट चोरी भएको हो । उमेश प्रसादको जुत्ता चप्पल पसल र शेषनाथ साहको घडी पसलबाट अन्दाजी दुई लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
मंगलबार राती अन्दाजी १÷२ बजेको समयमा चोरको समूहले सटरको ताल्चा फोडेर चोरी गरेको पाइएको छ । जीतपुरमा रहेको अन्य पसलमा चोरहरूको समूहले तोडफोडको प्रयाससमेत गरेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
पछिल्लो समय बारामा प्रहरीको फितलो सुरक्षाका कारण चोरीको घटना बढ्दै गएको स्थानीयको गुनासो छ । जीतपुर बजार जीतपुरसिमरा उपमहानगरपालिकाको सदरमुकाम समेत हो । तर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनको कारण मंगलबार राती २ वटा पसलमा चोरी भएको स्थानीयहरूले बताएका छन् । पछिल्लो समय जीतपुरमा घरबाटसमेत मोटरसाइकल चोरी लगायतका घटना बढे पनि प्रहरीले चोरीको घटनालाई न्यूनीकरण गर्न सकेको छैन ।
प्रतिक्रिया