सिरहा । सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको गोलबजार नगरपालिका ५ मा करेन्ट लागेर स्थानीय १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको हाे ।
सिंह खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । खेतमा पानी पटाउनको लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएकोे जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रतिक्रिया