संघर्ष समितिद्वारा सिडिओ र मालपोत कार्यालयमा धर्ना

पर्सा । लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समिति नेपाल पर्साले जिल्ला प्रशासन कार्यालय तथा मालपोत कार्यालयको गेटअगाडि धर्नामा बसेका छन् ।

धर्नामा बसेका लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समिति नेपाल पर्साका पदाधिकारीहरू तथा सयौँ व्यक्तिले विभिन्न किसिमको माग राखी नव सामन्ती रूपमा स्थापित लघुवित्त वित्तीय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, बैंक तथा वित्तीय संस्थाको ब्याज दर एकल अंकमा कायम गर, किसानहरूको जमिन लुट्न पाउँदैन, लिलामी गरेको जग्गा फिर्ता गर, पत्रपत्रिकामा ऋणीहरूको नामावली प्रकाशित गरी चरित्र हत्या गर्न पाउँदैनजस्ता नारा लेखिएको थियो ।

यस्तै लघुवित्त वित्तीय संस्थाको कर्मचारीहरूले किस्ता असुली गर्ने नाममा घर घर गएर गर्ने चरित्रहत्या जस्ता समस्या दिनप्रतिदिन बढ्दै गइरहेको हुँदा सो समस्या रोकथाम गर्नुपर्ने उनीहरूको माग छ । साथै धर्नापश्चात लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति नेपाल पर्साका अध्यक्ष शिव प्रसाद तेलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई सहजीकरण सम्बन्धमा पत्र बुझाएका थिए ।

प्रतिक्रिया