वीरगन्ज । लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।पर्साकाे वीरगन्ज महानगरपालिका १६ नगवा फुलवारी टोल बस्ने वर्ष २३ को शेख सदामलाइ पर्सा प्रहरीले पक्राउ गरेको हाे । शेख सदामले आफ्नै घरमा अवैध लागुऔषध गाँजा विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकाे खनातलासी गर्दा घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डिब्बाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ६ केजी ५०० ग्राम गाँजा फेला पारेकाे थियाे ।
उक्त गाँजा तौल गर्ने डिजिटल तराजू २ थान सहित नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया