आईटी आर्मी बौधिमाइको नगर भेला सम्पन्न

रौतहट । रौतहटको बौधीमाई नगरपालिकामा आईटी आर्मीको नगर भेला सम्पन्न भएको छ ।

आम जनता पार्टीका स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह अमरको प्रमुख आतिथ्यता तथा संगठनका मधेश प्रदेश अध्यक्ष नरेश तुरहा, केन्द्रिय सदस्य श्रीभगवान पटेल, हृदयनारायण दास, नगर अध्यक्ष रामबाबु कुशवाहा, महिला नेत्री आजपा मधेस प्रदेश सदस्य फुलबदन देवी, आइटी आर्मी जिल्ला अध्यक्ष जयलाल महतो लगायतका नेताहरुको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।

उक्त भेलाबाट संगठनको आसन्न तेस्रो ऐतिहासिक राष्ट्रिय भेला भव्यरुपमा सफल गर्न सबैले आ(आफ्नो स्थान र स्तरबाट महत्वपूर्ण भूमिका एवं योगदान गर्ने प्रतिबद्धता सहित भ्रष्टाचारीहरुविरुद्ध सशक्त संघर्षको थालनी गर्ने उद्घोष समेत गरेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया