मौलापुर नगरपालिकाको सरकारी कार्यालयहरूमा विद्युतीय हाजिरी

रौतहट । रौतहटको मौलापुर नगरपालिका स्मार्ट र आधुनिक बन्दै गएको छ । सो नगरपालिकाअन्तर्गतको सरकारी कार्यालयहरुमा सफ्टवेयर सहितको विद्युतीय हाजिरी (ई–हाजिरी) मेसिन जडान गरी उद्घाटन तथा हस्तान्तरण गरिएको हो । एक कार्यक्रमकाबीच नगरप्रमुख रिना कुमारी साहले उद्घाटन पश्चात् हस्तान्तरण गरेकी हुन् ।

मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलाई उनले हस्तान्तरण गरेकी थिइन् । सो नगरपालिकाको सम्पूर्ण निकायलाई सुशासित गुणस्तरीय सेवा प्रदान गर्न नगरप्रमुख साहले नगरपालिका मातहतमा रहेका सम्पुर्ण विधालय, स्वास्थ चौकी, वार्ड कार्यालय, बहुप्रविधिक शिक्षालय, कृषि तथा पशु कार्यालय लगायतका कार्यालयहरूमा ई–हाजिरी मेसिन जडान गरी उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

मौलापुर नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी (ई–हाजिरी) लागू भएको छ । तीन दिनसम्म ट्रायल पिरियड रहने र पुष १ गते पूर्णरूपमा लागू हुने मौलापुर नगरपालिकाकि नगरप्रमुख साहले बताएकी हुन् ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सरकारी कार्यालयमा सेवा प्रभावकारितालाई अभिवृद्धि गरी जनतालाई सहज र सरल रुपमा सेवासुविधा प्राप्त गर्न ई–हाजिरीलाई लागू गरेको हो । ईहाजिरी पद्धतिले कर्मचारीहरुको नियमिततामा सुधार हुने छ । नगरलाई सूचनाप्रविधिमैत्री बनाउने प्रतिबद्धता गरे अनुरुप विद्युतीय हाजिरीलाई सरकारी कार्यालयमा लागू गरिएको बताइएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया