गरुडामा अन्तरक्रिया तथा पैरवी कार्यक्रम

रौतहट । रौतहटको मध्यभाग गरुडामा एक दिने अन्तरक्रिया तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ । गरुडा नगरपालिकास्थित झाँझपुल नजिक रहेको होटेल एनएन प्लाजामा सरोकारवाला हरुलाइ सुर्तिजन्य पदार्थ, मालक पदार्थ सेवन तथा लागुऔषध न्यूनिकरणसम्बन्धी कार्यक्रम भएको हो ।

मंगलबार स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रमुख विपिनकुमार साहले गरेका थिए । सो कार्यक्रममा सुर्तिजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागुऔषध न्यूनिकरण उपसमिति गठन, गरुडा नगरपालिकाअन्तर्गत कार्यालयमा नियन्त्रण गर्ने र गरुडा नगरपालिकाले अनुगमन गर्ने प्रस्ताव गरिएको थियो ।

प्रस्तावमाथि छलफल गरी सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को १६ ऐनको १९ बमोजिम गरुडा नगरपालिकामा उपसमिति गठन गर्ने निर्णय गरिएको थियो । समितिमा गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल, प्रमुख प्रशासकिय अधिकृत मो. मुस्ताक आलम, प्रधानाध्यापक प्रमु पटेल लगायतका व्यक्तिहरु रहेका छन् ।

समितिको सल्लाहकारमा इलाका प्रशासन कार्यालय गरुडाका कार्यालय प्रमुख रामस्वार्थ राय यादवलाई राखिएको छ । साथै गरुडा नगरपालिकाअन्तर्गतका सरकारी कार्यालय तथा गैरसरकारी कार्यालय र शिक्षण संस्थामा पनि नियन्त्रण तथा नियमण गर्ने सर्वसहमतीबाट निर्णय गरिएको हो । त्यस्तै नगरभर त्रैमासिक रुपमा सार्वजनिक संस्था र शिक्षण संस्था तथा बजार अनुगमन गर्ने सर्वसहमतीबाट निर्णय गरिएको स्वास्थ्य कार्यालयका हरेन्द्र गुप्ताले जानकारी दिए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया