सिरहा । सिरहामा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाउँपालिका– २ बस्ने गंगाप्रसाद यादवका छोरा वर्ष ४६ का बसन्तकुमार यादव रहेका छ्न् ।
ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले सिरहा औरही गाउँपालिका– १ दरैयास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको को १८ प २१३१ नम्बरको मोटरसाइकललाई रोकी चेक जाँच गर्दा सोही मोटरसाइकल चालक यादवको साथबाट लागुऔषध (Codiwell 100 ml Syrup) ८ बोतल फेला पारेर प्रहरीले मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया