सिरहा । सिरहामा प्रहरीले कटुवा पेस्तोल फेला पारेको छ । सिरहा नगरपालिका– ७ हेमनारायण चोकस्थितम जिवन विकास लघुवित्त वित्तिय संस्था कार्यालयको कार्यालय सहयोगी ललनकुमार यादव बस्ने कोठाको बाहिर पट्टी काठको पुरानो जिर्ण अवस्थामा रहेको झ्याल ढोका राखिएको स्थानबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्थानीयले बच्चाहरुको खेलौना जस्तो पेस्तोल देखेर वडा प्रहरी कार्यालय सिरहामा जानकारी गराउना साथ प्र. स. नि. को कमाण्डमा खटिएको टोलीले हेर्दा उक्त खेलौना जस्तो देखिने बस्तु कटुवा पेस्तोल रहेको र उक्त कटुवा पेस्तोल बरामद गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता रविन्द्र राज पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया