राजविराजमा अलपत्र स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालद्वारा बृहत् प्रदर्शन

राजविराज । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा केही वर्षदेखि अलपत्र रहेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण काम सुरु गर्न माग गर्दै सप्तरी युथ नेपालका युवाहरूले हस्ताक्षर अभियानअन्तर्गत १० हजार हस्ताक्षर संकलन गरी ब्यानरसहित बृहत् प्रदर्शन गरेका छन् ।

आज एक कार्यक्रमको आयोजना गरी बिहान सप्तरीको सदरमुकाम राजविराजस्थित पानी ट्यांकीबाट सयौँको संख्यामा निकालिएको हस्ताक्षर नगर विभिन्न ठाउँ परिक्रमा गर्दै झन्डै दुई वर्षअघि शिलान्यास गरेर अलपत्र अवस्थामा छाडिएको सो सप्तरी विज्ञान प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न दबाब दिइएको हो ।

आजको कार्यक्रममा कोण सभामा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परविन, वडा ७ का वडाध्यक्ष सुभाष यादव, वडा ८ का वडाध्यक्ष जय नारायण मण्डल, स्ववियु सभापति रंजित कुमार यादवलगायतले प्रतिष्ठान निर्माणका लागि दबाब दिएका छन् । सात दिने सप्तरी युथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाइमा हस्ताक्षर अभियान सुरु गरिएको संयोजक सत्येन्द्र यादवले जानकारी दिनुए ।

प्रतिष्ठान निर्माणको काम अविलम्ब सुरु गर्न माग गर्दै युवाहरुले यसअघि पहिलो चरणमा र्याली, सिठ्ठी जुलुस, धर्ना, दिउँसै टर्च बालेर प्रदर्शनलगायतका कार्यक्रम गरिसकेका छन् । अर्कोतिर प्रतिष्ठान निर्माण कार्य सुरु गर्न माँग गर्दै विगत ५३ दिनदेखि स्थानीयले रिले अनशनलाई निरन्तरता दिइरहेका छन् ।

तर सरकारले अझै चासो न देखाएको भन्दै युवाहरुले पनि चरणबद्ध आन्दोलन कार्यक्रम गर्दै सरकारमाथि दबाबको प्रयास थालेका हुन् । यता दोस्रो चरणअन्तर्गत हस्ताक्षर अभियानपछि तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया