भन्सार छलेर ल्याइएकाे सामान पर्सा प्रहरीद्वारा बरामद

वीरगन्ज । भन्सार छली ल्याएकाे विभिन्न सामानहरु पर्सा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाका १६ बाट भन्सार छली गरि ल्याउदै गरको अवस्थामा साे सामान बरामद गरेकाे हाे ।

साे क्रममा माेबाइल कभर ८५० पिस, चिनी-१९० केजी, मैदा-३० केजी, टावेल-२९ पिस, टेण्टको कपडा-१३५० मिटर, बच्चाको जुता-४१ जोर, जुत्ता-१७ जोर, ट्रामडोल औषधी-२४०० पत्ता, मटर-३० केजी, स्वीटर-१० पिस, लक्स साबुन-१५५ पिस, राजनिवास-३ केजी गरि जम्मा दुई लाख उनान्वे हजार चार सय नब्वे रुपैयाँको सामान बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए । आवश्यक कारवाहीको लागि साे सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया