वीरगञ्ज । लघुवित्तिय संस्थाविरुद्ध संघर्ष समिति नेपाल पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा तथा मालपोत कार्यालय पर्साको गेट अगाडि धर्नामा बसेका छन् ।
धर्नामा बसेका लघु वित्तिय संस्थाविरुद्ध संघर्ष समिति नेपाल पर्साका पदाधिकारीहरु तथा सयौँ व्यक्तिहरुले विभिन्न किसिमको माग राखेर लेखिएको प्लेकार्ड जस्तै नव सामान्ति रुपमा स्थापित लघु वित्त वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, बैंक तथा वित्तीय संस्थाको ब्याज दर एकल अंकमा कायम गर, किसानहरूको जमिन लुट्न पाउँदैन, लिलामी गरको जग्गा फिर्ता गर, पत्रपत्रिकामा ऋणीहरुको नामावली प्रकाशित गरी चरित्रहत्या गर्न पाउँदैन, घर–घरमा गएर लघुवित्त वित्तिय संस्थाको कर्मचारीहरुले किस्ता असुली गर्न जाँदा घरभित्र छिरी चरित्रहत्या गरको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको हुँदा सो समस्यालाई रोकथाम गर्नुपर्ने इत्यादि नाराहरु लगाउँदै जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडि धर्ना बसेका हुन् ।
साथै धर्नापश्चात् लघुवित्तिय संस्थाविरुद्ध संघर्ष समिति नेपाल पर्साका अध्यक्ष शिवप्रसाद तेलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलार्य सहजिकरण सम्बन्धमा पत्र बुझाएका थिए ।
प्रतिक्रिया