सिरहा । भारतबाट भन्सार छली ल्याउँदै गरेको अवैध कपडासहित ६ जनालाई सिरहा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको लहान नगरपालिका–३ अस्पताल चोक नजिकबाट सशस्त्र प्रहरी बलको मोबाइल गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको ४ लाख ५८ हजार मूल्य बराबरको कपडासहित ६ जनालाई पक्राउ गरेको छ । सिरहा लहान नगरपालिका–४ का ३० वर्षीया सुनितादेवी साह, ५५ वर्षीया बच्कुन देवी, भगवानपुर गाउँपालिका–५ की सीता साह, ३८ वर्षीय श्रीदेव यादव, सप्तरी सुरुंगा नगरपालिका–७ की बबिता देवी साह पक्राउ परेका हुन् ।
कपडा बोकेको गाडीका चालक र सहचालकसमेत सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका छन् । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ, भने कपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।
प्रतिक्रिया