कर छलेर ल्याउँदै गरेको सामानहरू लोड भएको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । कर छलेर ल्याउँदै गरेको खुद्रा सामानहरू लोड भएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बिल विजकभन्दा बढी खुद्रा सामानहरू बोकेको मालबाहक ट्रक वीरगञ्जबाट कैलाहीतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा उक्त खुद्रा साम्मानसहित लोड भएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– १४ गण्डक चोकस्थित सडक खण्डमा ना ६ ख २६४८ नम्बरको मालबाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजकभन्दा बढी बस्तुहरू लोड भएको तथा सो विल विजक शंकास्पद देखिएको हुँदा करिब पचासी लाख ८९ हजार चार सय ४२ रुपैयाँ बराबरको खुद्रा सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका उक्त सामानहरु अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया–बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया