हेटौंडा बसपार्कबाट ७ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा १० स्थित बसपार्कबाट लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छ्न । प्रहरी चौकी बसपार्क हेटौडाको टोलीले सडकमा शंकास्पद अवस्थामा हिडिरहेका मकवानपुरको कैंलाश गाउँपालिका १ डांडाखर्क बस्ने वर्ष १९ को नविन स्याङतान र सोही स्थान बस्ने बर्ष १९ को सुजित स्याङतानलाई पक्राउ गरेकाे हाे ।

उनीहरूलाई लागूऔषध गाँजा ७ किलो ३३० ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए । यस विषयमा थप अनुसन्धान कार्य भईरहेको उपरीक्षक रिजालले जानकारी दिए ।

प्रतिक्रिया