महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल धनगढीमा

धनगढी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन् । शुक्रबार धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल धनगढी आइपुगेका हुन् ।

प्रधामन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गरेका छन् । भेटमा दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए ।

उनी अहिले कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा जनभेटघाट कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका छन् । सो पश्चात प्रधानमन्त्री दाहालले कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रतिक्रिया