मानव अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

कालिकोट । १६ दिने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान २०८० को अवसरमा मानव अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । मानव अधिकार, बाल विवाह, छाउपडी प्रर्था, जातिय छुवाछुत तथा भेदभावसम्बन्धी वडास्तरीय सरोकारवालासँग अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको हो ।

युरोपिएन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपाल, फेडो नेपाल कालिकोटको साझेदारी र मानव अधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक) नेपालको आयोजनामा जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १, २ र ११ का जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुसँग विभिन्न हिंसाका बारेमा अभिमुखीकरण गरिएको छ ।

हुर्डेक नेपालका सचिव रिता आचार्य चौलागाँईको अध्यक्षता तथा खाडाचक्र नगरपालिका– ११ का वडाध्यक्ष देवराज भारतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा मानव अधिकार तथा विभिन्न हिंसाहरुको बारेमा मानव अधिकारकर्मी तथा समाजसेवी कालिबहादुर मल्लले सहभागिहरुलाई प्रशिक्षण गराएका थिए ।

उनले मानव अधिकारलगायत समाजमा हुने विभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न र समुदायस्तरमा जनप्रतिनिधिहरुले गर्नुपर्ने कार्यका विषयमा प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा सहभागिहरुले प्रायजसो हिंसाहरु न्यूनिकरण भए पनि समाजमा अझै हिंसाका कारणले विभिन्न समस्या भित्रीने गरेकाले सबैले चासो दिएर लाग्नुपर्ने र कुरिती, कुसंस्कार न्यूनिकरणमा मानव अधिकारकर्मीलगायत सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया