चिसोका कारण रुकुम पश्चिममा थप दुई जना भूकम्प पीडितको मृत्यु

रुकुम पश्चिम । चिसोका कारण रुकुम पश्चिमका दुई जना भूकम्पपीडितको ज्यान गएको छ । जिल्लाको आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो । स्थानिय मनसुरी खड्काका अनुसार भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको खड्काले जानकारी दिईन ।

गत कार्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्यूड स्कलेको भुकम्पले उक्त वडाका अधिकांश घरहरु भत्किएको र बस्न नमिल्ने गरी चर्किएको र पालमुनी बस्दा वृद्धवृद्धा र बालबालिका विरामी भई मृत्यु हुने गरेको खड्काले बताईन् ।

चिसोका कारण आठबिसकोटका अधिकांश मानिसहरु विरामी परेका छन् । तुसारो र हिमपात हुने समय आएकोले तत्काल अस्थायी आवास निर्माणक लागि पहल गर्न स्थानीयले सरकारलाई आग्रह गरेका छन् । यहाँका सबै घर हरु बस्न नमिल्ने भएकोले महिला बालबालिका बाहिर पालमुनि बसिरहेका छ्न । चिसोबाट बचाउनका लागि थप राहत पठाउन स्थानीयले माग गरेका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया